नेपाल विश्वविद्यालयको उपकुलपति पदमा प्राडा अर्जुन कार्की नियुक्त

120
Shares

काठमाडौँ, २१ बैशाख । नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रस्टी) ले विश्वविद्यालयको उप–कुलपति पदमा प्राडा अर्जुन कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बरिष्ठ छातीरोग विशेषज्ञ प्राडा कार्की यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति भईसकेका छन् ।

नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा प्राडा कार्कीलाई उपकुलपति पदमा नियुक्त गरिएको हो । यस्तै बैठकले विश्वविद्यालयको रजिष्ट्रार पदमा प्राडा सूर्यराज आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । उनी सार्वजनिक नीति तथा पूर्वाधार विकास विज्ञका रुपमा परिचित छन् ।

यसअघि सिफारिस समितिले सार्वजनिक सूचनामार्फत प्राप्त आवेदनहरूमध्येबाट योग्य उम्मेदवारहरूको संक्षिप्त सूची तयार गरी कार्यपत्र प्रस्तुति र अन्तर्वार्ता सञ्चालन गरेको थियो।

नेपाल विश्वविद्यालय ऐन, २०८१ अनुसार गठित संरक्षक परिषद्का सदस्यहरूमा डा. राम मनोहर श्रेष्ठ, डा. शिवा थापा, डा. जगदीश चन्द्र पोखरेल, डा. विपिन अधिकारी, डा. विमला राई पौड्याल, लक्ष्मीदेवी पाण्डे, इन्जिनियर लाल कृष्ण केसी, माधव प्रसाद पौडेल, रामेश्वर खनाल र चाँदनी जोशी रहेका छन्।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *