स्क्रब टाइफस रोगबाट एकको मृत्यु

0
Shares

tips1

चितवन, ११ कात्तिक –  स्क्रब टाइफस रोगबाट आज चितवन मेडिकल कलेजमा एक महिलाको मृत्यु भएको छ ।

कलेजका चिकित्सक डा शीतल अधिकारीका अनुसार पश्चिम चितवनकी ५१ वर्षीया एक महिलाको उपचारको क्रममा मृत्यु भएको हो । बाह्र दिनअघिदेखि बिरामी परेकी ती महिला तीन दिनअघि मात्रै उपचारका लागि अस्पताल आएकी थिइन् ।

शरीरका महत्वपूर्ण अङ्गहरू काम गर्न नसक्ने अवस्थामा पुगेपछि अस्पताल भर्ना भएकी उनलाई बचाउन नसकिएको डा.अधिकारीले बताए ।

यसअघि सोही कलेजमा स्क्रब टाइफस रोगबाट दुई बालिका र दुई महिलाको मृत्यु भएको थियो ।

योसँगै चितवनमा स्क्रब टाइफस रोगबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि रत्ननगर र कालिका नगरपालिका एवम् भरतपुर उपमहानगरपालिकाको मङ्गलपुरका एक÷एकजनाको सोही मेडिकल कलेजमा मृत्यु भएको थियो ।

त्यसैगरी तनहुँ रुपाकोटकी एक महिलाको पनि उपचारको क्रममा सोही मेडिकल कलेजमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

असोज मसान्तसम्ममा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका एक हजार ४२ जनामध्ये ३०७ जनामा स्क्रब टाइफस रोग पत्ता लागेको छ । मुसामा हुने एक प्रकारको ९माइट० सुक्ष्म किराको टोकाइबाट यो रोग लाग्ने गर्दछ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *