फार्मेसी परिषद्को २८ औँ नाम दर्ता परीक्षाका लागि आगामी आइतबारबाट आदेवन खुल्ने
काठमाडौँ, १९ बैशाख । नेपाल फार्मेसी परिषद्ले २८ औं नाम दर्ता (लाईसेन्स) परीक्षाका लागि आगामी आईतबार देखि आवेदन फारम खुल्ने बताएको छ । परिषद्ले आज एक सूचना जारी गर्दै परीक्षामा सहभागी हुन चाहनेहरुले आवश्यक कागजात सहित तोकिएको समयावधी भित्र फारम भर्न आव्हान गरेको छ ।
जेठ भित्रै सम्पन्न हुने यो परीक्षाका लागि आवेदकले आगामी आईतबार (२१ बैशाख) विहान १० बजे देखि ११ जेठ राती १२ बजेसम्म आवेदन दिन सक्ने व्यवस्था मिलाइएको परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेयद्धारा जारी सूचनामा जनाईएको छ ।
परीक्षा डिप्लोमा इन फार्मेसी र ब्याचलर इन फार्मेसी विषयको हुनेछ । यी विषयका लागि आवेदन दिँदा के के कागजात आवश्यक पर्छ भनेर समेत परिषद्ले आफ्नो सूचनामा उल्लेख गरेको छ ।
रजिष्ट्रार पाण्डेयका अनुसार आवेदनका लागि onlinenameregistration.nepalpharmacycouncil.org.np मा गएर अनलाइन भर्न सकिने छ । परिषद्ले परीक्षा शुल्क ३ हजार रुपैयाँ तोकेको छ ।
सम्पर्क इमेल : [email protected]