अब विद्यालय तहका शिक्षक–कर्मचारीले स्वास्थ्य उपचारमा उपचारमा छुट पाउने

520
Shares

काठमाडौँ, १७ बैशाख । अब विद्यालय तहका शिक्षक–कर्मचारीले स्वास्थ्य उपचारमा उपचारमा छुट पाउने भएका छन् । सरकारले उनीहरुलाई काठमाडौँको निजामती अस्पतालबाट उपचार सुविधा दिने व्यवस्था मिलाएको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकका मागसँग सम्बन्धित ९ बुँदामा निर्णय गरेको छ । शिक्षा मन्त्रालयमा भएको वार्तामा सहमतिपछि सरकारले मन्त्रिपरिषद्बाट मागहरु सम्बोधन गरेको हो ।

विद्यालय शिक्षा ऐन सहितका विभिन्न माग राखि २९ दिन देखि काठमाडौँ केन्द्रीत आन्दोलनमा उत्रिएका शिक्षकहरुको आज अपरान्ह ९ बुँदे मागका सम्बन्धमा सहमति जुटेको थियो ।

सो सहमतिका बुँदामा शिक्षक तथा विद्यालयका कर्मचारीको उपचार सुविधामा छुट दिने विषय समेत परेको थियो ।

सहमति पछि मन्त्रिपरिषद्को बैठक बसेको र त्यसले विद्यालय तहका शिक्षक तथा कर्मचारीको उपचारमा निजामती अस्पतालमा छुट सेवा उपलव्ध गराउने निर्णय गरेको हो ।

सम्झौँता संगै नेपाल शिक्षक महासंघले २९ दिनदेखि जारी शैक्षिक हडताल सहितको काठमाडौंकेन्द्रित आन्दोलन स्थगित गरेको छ ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै आन्दोलन स्थगितको निर्णय गरेका हुन् ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकका मागसँग सम्बन्धित ९ बुँदामा निर्णय गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *