सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन चितवनमा हुँदै

काठमाडौँ, १७ बैशाख । सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुने भएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सँगको सहकार्यमा नेपाल इन्ष्टिच्युट अफ मेन्टल हेल्थ, हेल्थ फाउण्डेसन नेपाल, युएस, चितवन मेडिकल कलेज मेन्टलहेल्थ डिपार्टमेन्ट लगायत १८ वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाको सहकार्यमा सम्मेलन हुन लागेको हो ।

सम्मेलनबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक समिति संयोजक डा श्रीधर पौडेलले मानसिक स्वास्थ्यका विषयमा नेपाल र विभिन्न देशमा भइरहेका अध्ययन तथा कामका सिकाइलाई एकै थलोमा भेला भएर छलफल गर्ने र ति सिकाइलाई नेपालको मानसिक स्वास्थ्यको क्षेत्रमा बन्ने नीति तथा कार्यक्रमहरुको लागि सहयोगी हुने उदेश्यले यो सम्मेलन आयोजना गरिएको बताए ।

उनले मानसिक स्वास्थ्यको अवस्था समुदाय स्तरमा कस्तो छ भन्ने हेर्नका लागि यो सम्मेलन महत्वपूर्ण हुने बताए ।

सम्मेलन चितवनमा किन ? भन्ने प्रश्नको जवाफमा उनले मानसिक स्वास्थ्यको पहुँच राजधानी बाहिर पुर्‍याउन अर्थात विकेन्द्रीकरण गर्नको लागि पनि चितवनमा यो सम्मेलन राखिएको बताए ।

‘मानसिक स्वास्थ्यको विषयलाई राजधानी काठमाडौ मात्र नभएर उपत्यका बाहिर पनि यसको विस्तार र सचेतना पु¥याउने हाम्रो उदेश्य हो ।’ उनले भने ‘पहिलो सम्मेलन हामीले जुम्लामा रहेको कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेका थियौ, यस पटक चितवन गरेका छौ ।’

https://fb.watch/zhfh1OFnYj/

सम्मेलनमा सय बढी प्रस्तुती रहने जानकारी दिए । जसमा ३० बटा मौखिक प्रस्तुती १९ बटा पोष्टर प्रजिन्टेसन र १३ बटा प्यानल डिस्कसन हुनेछन् । पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सम्मेलनमा आएका विषयवस्तुले सरकारलाई नीतिगत परिवर्तनका लागि सहयोगी हुने बताए । सम्मेलनको उद्घाटन भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गर्दैछिन् ।

सम्मेलन तीन दिनसम्म चल्नेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *