अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

21
Shares

ambulance2

धादिङ, ९ कात्तिक –  हिमालयन हेल्थ केयर नेपालले खरिद गरेको टाटासुमो कम्पनीको फोट ह्विल एम्बुलेन्स धादिङ अस्पताललाई हस्तान्तरण गरेको छ ।

उक्त स्पतालमा आयोजित हस्तान्तरण कार्यक्रममा हेल्थ केयरका जिल्ला परामर्शदाता शम्भुसिंह ठकुरीले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा श्याम ढोडाईलाई एम्बुलेन्सको साँचो प्रदान गरे।

कार्यक्रममा परामर्शदाता ठकुरीले २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प पछि सो संस्थाबाट उपचारका लागि ल्याइएका शल्यक्रियाका उपकरणलगायतका रु २२ लाख ७० हजार मूल्यका सामग्री पनि अस्पताललाई नै हस्तान्तरण गरिएको बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *