शिक्षा मन्त्री विद्या भट्टराईले दिईन् पदबाट राजिनामा

64
Shares

काठमाडौँ, ८ बैशाख । काठमाडौँ केन्द्रीत शिक्षक आन्दोलन लम्बिरहेको बेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएकी हुन् ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० देखि काठमाडौं केन्द्रित प्रदर्शन जारी राखेका छन्।

भर्ना अभियान, कक्षा १२ को परीक्षा, एसईईको प्रश्नपत्र जाँच गर्ने बेलामा भएको आन्दोलन समाधानतर्फ लैजान प्रधानमन्त्री केपी ओलीको सक्रियता नदेखिएपछि उनले राजिनामा दिएको बताइएको छ ।

आन्दोलन लम्बिदै जाँदा समाधान तर्फ लाग्नुको सट्टा प्रधानमन्त्री ओलीले शिक्षकहरुलाई चिडाउने अभिव्यक्ति दिदै आएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *