आईपीयूको स्वास्थ्य समिति सदस्यमा सांसद सोबिता गौतम निर्वाचित

92
Shares

काठमाडौं, २७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ एवं प्रतिनिधि सभा सदस्य (सांसद) सोबिता गौतम १५० औं अन्तर संसदीय संघ (आईपीयू) को महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिको सदस्य निर्वाचित भएकी छिन् ।

आईपीयूको शासकीय परिषद्ले गौतमसहित अन्य १५ मुलुकका सदस्यलाई चार वर्षका लागि निर्वाचित गरेको हो ।

सन् २०२९ को मार्चमा सो समितिको कार्यकाल समाप्त हुनेछ ।

महासभाको २१४ औं अधिवेशनमा स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नतिर गरी स्वास्थ्यसम्बन्धी समिति बनाउने निर्णय भएको थियो ।

सोही अनुसार बनेको समितिमा नेपालको तर्फबाट सांसद गौतम निर्वाचित भएकी हुन् ।

सांसद गौतमले सो सभामा छोटो मन्तव्य समेत दिएकी छन् । उनको मन्तव्य अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *