पीजी प्रवेश परीक्षाको नतिजालाई लिएर परीक्षार्थीले दायर गरे पाटन उच्च अदालतमा रिट

376
Shares

काठमाडौँ, २४ चैत । चिकित्सा शिक्षा तर्फको पोष्ट ग्राजुएट्स (पीजी) तहको प्रवेश परीक्षाको नतिजामा असन्तुष्ट परीक्षार्थीले उत्तरपुस्तिका पुर्न परीक्षणको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका छन् ।

परीक्षार्थी अभिषेक अमर सहित १ हजार ५०० बढी विद्यार्थीले नतिजामा असन्तुष्टी जनाई गत ९ फागुनमा उच्च अदालतमा रिट दायर गरेका हुन् ।

रिटमा चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाइएको छ ।

उच्च अदालतले सो रिटको सुनुवाईका लागि आगामी बुधबार (२७ चैत)का दिन पेशी तोकेको छ ।

परीक्षार्थीहरुले उत्तरपुस्तिका जाँच गर्ने बेलामा आयोगले बिग्रिएको एउटा अप्टिकल मार्क रिकन्जीनेशन (ओएमआर) मेसिन प्रयोग हुँदा नतिजामा धेरै नै त्रुटि भएको आरोप लगाएका छन् ।

उनीहरुले पुर्न परीक्षण भए नतिजाको रेङ्क समेत बदलिने ठोकुवा गरेका छन् ।

‘बिग्रिएको मेसिनबाट जाँच गर्दा धेरै गडबढी भयो । यो गडबढ भनेर हामीले उतिबेला नै बिरोध गरेका हौँ । तर आयोगले सुनुवाई नै गरेर । त्यसैले अदालतको ढोका ढक्ढक्याउन गएका हौँ,’ एक जना परीक्षार्थीले भने ।

माघको अन्तिम साता भएको परीक्षाको नतिजालाई लिएर परीक्षार्थीहरुले त्यसबेला नै छानविनको माग गर्दै आयोगमा धर्ना दिएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *