भारतीय एम्बुलेन्समा ठूलो परिमाणमा लागु औषध बरामद

44
Shares

ललितपुर २४ चैत । बागमती गाउँपालिका भट्टेडाँडा चेकपोष्टमा खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेटको एक एम्बुलेन्सबाट ठूलो परिमाणमा लागु औषध ट्रामाडोल क्याप्सुल बरामद गरेको छ ।

शुक्रबार सो चेकपोष्टमा खटिएको प्रहरी टोलीले नियमित रुपमा सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट काठमाडौँका लागि तिब्र गतिमा आइरहेको बीआर०५ पीए ०४२१ नम्बरको एम्बुलेन्सबाट लागुऔषध क्याप्सुल बरामद भएको हो ।

प्रहरीका अनुसार एम्बुलेन्समा लुकाई छिपाई राखिएको अवस्थामा ३ हजार ८०४ पत्तामा रहेको ९४ हजार ८० ट्रामाडोल क्याप्सुल बरामद भएको छ ।

प्रहरीको चेकजाँचका क्रममा भारत विहार पूर्वी चम्पारण मोतिहारि जिल्ला रक्सौल ५ का २२ वर्षीय मोह्मद उमर सिद्धिकी भाग्ने प्रयास गरेका थिए । तर प्रहरीले उनलाई नियन्त्रण लिएर आवश्यक कार्वाहीका प्रहरी बृत्त चापागाउँ पठाएको छ ।

प्रहरीले एम्बुलेन्समा आएका मोतिहारिकै २० वर्षीय समिर आलम, ३३ वर्षका मोहम्मद मुन्ना अन्सारी, ४५ वर्षका नोर्जान खातुन समेतलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *