आमाबाट बच्चामा सर्ने सङ्क्रमण शून्यमा झारिने

0
Shares

hiv

रोल्पा, ४ कात्तिक –  रोल्पा जिल्लाका गर्भवती आमाबाट बच्चामा सर्ने एचआइभीलाई शून्यमा झार्ने जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।

सोका लागि हरेक गर्भवती आमाले अनिवार्य रुपमा एचआइभी टेस्ट गर्ने कार्यको थालनी गरिएको छ । गत वैशाखदेखि सुरु गरिएको गर्भवती महिलाको एचआइभी परीक्षण (पिएमटिसिसी) सेवा जिल्लाका सबै प्रसूतिगृहबाट दिइँदै आएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका एचआइभी एड्स फोकल पर्सन नोखराज पोख्रेलले जानकारी दिए।

एकसय दुईजना गर्भवती आमामा गरिएको परीक्षणमा पोजिटिभ नभेटिएको पोख्रेलले बताए । जिल्लामा गर्भवती आमाबाट एचआइभी सरेका बालबालिकाको सङ्ख्या पाँचजना रहेको छ । उनीहरुलाई हाल किड्स नामक गैरसरकारी संस्थाले पोषणका लागि मासिक रु एक हजारका दरले भत्तासमेत दिँइदै आएको छ ।

जिल्लामा २२ पुरुष, २० महिला र पाँच बालबालिकासहित ४७ जना सङ्क्रमित रहेका छन् । रोल्पाबाहिर घर भएका दुईजना समेत ४९ जना सङ्क्रमित रहेको बताइएको छ । हालसम्म सङ्क्रमितमध्ये १२ जनाको मृत्यु भइसकेको रोल्पा प्लसका अध्यक्ष राधा विकले जानकारी दिए ।

एचआइभी सङ्क्रमितलाई आकस्मिक सहयोग गर्ने भन्दै जिल्लामा एड्स कल्याणकारी कोषको समेत स्थापना गरिएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *