पोखरा नर्सिङ क्याम्पसमा एमाले निकटको अनेरास्ववियुको प्यानल नै विजयी

116
Shares

पोखरा, ५ चैत । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस पोखरा नर्सिङ क्याम्पसमा आज सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को प्यानलै बिजयी भएको छ ।

अघि बेलुका सम्पन्न भएको मतगणनामा अनेरास्ववियुकी प्रतिभा भण्डारी सभापतिमा निर्वाचित भएकी हुन् । त्यस्तै सचिवमा सोही संगठनकी सलिना श्रेष्ठ र कोषाध्यषमा कुसुम गौतम निर्वाचित भएका छन् ।

सभापति निर्वाचित भण्डारीले २४२ मत पाउँदा नेविसंघकी रचना पौडेलले १०२ मत पाएकी छन् । यो क्याम्पसमा विगतदेखि नै अनेरास्ववियुले जित्दै आएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *