स्क्रब टाइफसबाट थप एकको मृत्यु

0
Shares

tips1

चितवन, २ कात्तिक – स्क्रब टाइफसका कारण चितवनमा थप एक बालिकाको मृत्यु भएको छ ।

कालिका नगरपालिका–६ निवासी १३ वर्षीया बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार सामान्य ज्वरो आएपछि उनलाई भदौ २८ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा सोमबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै चितवनमा स्क्रब टाइफसका कारण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीले जानकारी दिए।

यसअघि दुईजना महिलाको पनि चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।

हालसम्म चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीको नमुना परीक्षण गर्दा स्क्रब टाइफस प्रमाणित हुनेको सङ्ख्या २१९ पुगेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *