लुम्बिनीका स्वास्थ्य सचिव डा. बासुदेव संघमा फर्किए, दोस्रो प्रयासमा सचिव बनिन् नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ

काठमाडौँ, १६ फागुन । संघीय सरकारले सहसचिव तहका ७८ जना कर्मचारीको सरुवा तथा कामकाजमा जिम्मेवारी हेरफेर गर्दा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव समेत सरुवामा परेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा गत १२ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले ७८ जना सहसचिवको सरुवा तथा कामकाजमा राखेर जिम्मेवारी हेरफेर गर्ने निर्णय गर्दा लुम्बिनीका स्वास्थ्य सचिव डा बासुदेव जनार्दन शर्मा उपाध्यायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरेको हो ।
उनको ठाउँमा भेरी अस्पतालमा कार्यरत नर्स दुर्गालक्ष्मी श्रेष्ठलाई काजमा पठाइएको छ । उनी पनि एघारौँ तहकी हुन् ।
त्यसो त श्रेष्ठ लुम्बिनीको स्वास्थ्य सचिव दोस्रो प्रयासमा बनेकी हुन् । यसअघि ३ माघ २०८० मा बसेको मन्त्रिपरिषद् बैठकबाट पनि उनलाई लुम्बिनीको स्वास्थ्य सचिवको जिम्मेवारी दिने निर्णय भएको समाचार सार्वजनिक भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रमाणीकरण गरी पठाएको सरुवा सूचीमा उनको नाम नपरेपछि सरुवा स्थगित भएको थियो ।
यता लामो समय आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागमा महानिर्देशक बनेका उपाध्यायलाई गत २७ बैशाखको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश सचिवको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
गत सोमबारको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षा आयोगका सहसचिव कृष्णप्रसाद काप्रीको पनि सरुवा गरेको छ । उनलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । उनको ठाउँमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत सचिव अण प्रसाद न्यौपानेलाई काजमा लगिएको छ ।
यस्तै यसैगरी वीर अस्पतालमा कार्यरत सहसचिव अर्जुन गौतम कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालयका सचिवमा सरुवा गरिएका छन्। उनको ठाउँमा मनिता श्रेष्ठलाई पठाइको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



