स्वास्थ्यमन्त्री पौडेलमाथि स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप

काठमाडौं, १२ फागुन। पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिताबारे सरकारको ध्यानाकर्षण गराएकी छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले स्वास्थ्यमन्त्री प्रदीप पौडेलले ‘स्वास्थ्य बीमाको रकम भुक्तानी गर्न सकिएन, बजेट पुगेन’ भन्ने अभिव्यक्ति प्रति आपत्ति जनाईन् ।
‘स्वास्थ्य बीमाको रकम पाँच लखा पुर्याउँछु भनेर महत्त्वकांक्षी सपना बाँड्नुहुने स्वास्थ्यमन्त्रीज्युबाट नै अब यो भुक्तानी गर्न सकिदिैन, बजेट पुगेन, स्वास्थ्य बीमा बन्द हुन लाग्यो भन्ने लाचार भएर दिनुभएको अभिव्यक्ति सुन्दा दुःख लागेको छ,’ उनले भनिन् ।
डा कार्कीले सजिलो हुँदा सबै जसले आफूले लिने र अफ्टेरो पर्दा छाडिदिने प्रबृत्ति देखिएको भन्दै आपत्ति व्यक्त गरिन् । चल्ने बेलामा हामीले ल्यायौं भनेर जस लिन खोज्ने अनि यसलाई अलपत्र पारेर बषौंसम्म जम्मा २६ देखि २८ प्रतिशतसम्म पहुँच राखेर आजसम्म यो कार्यक्रमलाई धरासायी बनाएपछि हतोत्साहित हुने बानी राम्रो भएन,’ उनले भनिन् ।
सल्लाह र सुझाव दिन आफूहरू तयार रहेको उनले बताइन् । अगाडि भन्छिन्, ‘यदि सल्लाहार छैनन्, उयपुक्त सल्लाह लिन सकिँदैन, यसमा अध्ययन, तथ्याङ्कगत अध्ययन पुग्दैन भने मार्ग प्रशस्त गरिदिनुहोला हामी सल्लाह सुझाव दिन तयार छौं ।’
अनिवार्य स्वास्थय बीमा सबैका लागि सुरु गर्नुपर्ने उनको आग्रह छ । यसको सुरुआत मन्त्री, मन्त्रीको सचिवालय र परिवारबाट सुरुआत गर्नुपर्ने उनको आग्रह छ । यसो गरे स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुने उनको राय छ ।
स्वास्थ्य मन्त्री पौडेलले हालै मात्रै एक कार्यक्रममा स्वास्थ्य बीमाको भुक्तानी गर्न नसकिने अवस्थामा पुगेको अभिव्यक्ति दिएका थिए । सो क्रममा उनले स्वास्थ्य बीमा आफै बन्द हुने समेत बताएका थिए । बहालवाला मन्त्रीले स्वास्थ्य बीमा कार्यक्रम सुधार गर्नुको सट्टा निराशाबादी कुरा गरेको भन्दै आलोचना बढेको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



