नर्सिङ लाइसेन्स परीक्षामा ५६ प्रतिशत उत्तीर्ण

160
Shares

काठमाडौँ, ११ फागुन । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङ र बिएस्सी नर्सको ३८ औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा ५६.०१ प्रतिशत उत्तीर्ण भएका छन् ।

परिषद्का रजिष्ट्रार शुक्ला खनालका अनुसार परीक्षाका लागि पीसीएल तर्फ कुल १ हजार ९७४ जनाले फारम भरे पनि १९ जना अनुपस्थिति थिए । परीक्षामा सहभागी १ हजार ९५५ जनामध्ये १ हजार १८१ जना (५९.८३ प्रतिशत) उत्तीर्ण भएका छन् ।

यस्तै बिएस्सी नर्स तर्फ कुल २५१ जनाले परीक्षाका लागि फारम भरे पनि शनिबार परीक्षाका बेला ७ जना अनुपस्थित थिए । रजिष्ट्रार खनालले बिएस्सी तर्फ कुल २४४ जनाले परीक्षा दिएकोमा १३१ जना (५२.१९ प्रतिशत) उत्तीर्ण भएको जानकारी दिईन् ।

यसैबीच परिषद्ले आइतबार सूचना जारी गर्दै नतिजा ललअ।यचन।लउ मा लगइन गरेर वा नेपाल नर्सिङ परिषद्को सूचना पाटीमा पनि नतिजा हेर्न सकिने उल्लेख गरेको छ ।

सूचनामा परीक्षामा अनुत्तीर्ण परीक्षार्थीहरूले आगामी परीक्षामा सामेल हुन पाउने उल्लेख गरिएको छ ।

साथै, उत्तीर्ण भएका परीक्षार्थीहरूले रु १२०० भुक्तान गरेर प्रमाणपत्रका लागि आवेदन दिन सक्ने र प्रमाणपत्र लिन आउँदा परीक्षाको लागि पेस गरेको सम्पूर्ण शैक्षिक प्रमाणपत्रहरू लगायत नागरिकताको सक्कल प्रति लिएर आफू स्वयम् परिषद्मा आउनु पर्ने सूचनामा उल्लेख छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *