ह्याकरको कब्जाबाट मुक्त भयो स्वास्थ्य मन्त्रालयको वेबसाइट

180
Shares

काठमाडौँ, १० फागुन । बिहीबार साँझबाट ह्याकरको कब्जामा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइट अहिले भने ह्याकर मुक्त भएको छ ।

मन्त्रालयका आईटी प्राविधिक, राष्ट्रिय सूचना प्रविधि आयोगका प्राविधिक तथा अन्य आईटी प्राविधिकको सहयोगमा वेवसाइट ह्याकरको नियन्त्रणबाट फिर्ता भएको हो ।

शुक्रबारको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले वेवसाइट बिहिबार बेलुका देखि ह्याक भएको जनाउँदै ह्याकरको कब्जाबाट फिर्ता ल्याउनका लागि आईटी प्राविधिकहरु लागि रहेको बताएका थिए ।

शनिबार विहानै देखि वेवसाइट पूर्ववत रुपमा चलेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *