नेपाल निजामती कर्मचारी युनियन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विभागीय कार्य समिति अध्यक्षमा केसी
काठमाडौं, २२ माघ । नेपाल निजामती कर्मचारी युनियन अन्तर्गतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विभागीय कार्यसमितिको अध्यक्षमा शुक्रराज सरुवा रोग अस्पताल टेकुका प्रदिप केसी निर्विरोध निर्वाचित भएका छन्।
शनिबार भएको विभागिय अधिवेशनले उनलाई निर्विरोध निर्वार्चित गरेको हो। त्यस्तै उपाध्यक्षमा सवित्रा भट्ट र डा लाल बहादुर शाहलाई चयन भएका छन्। त्यसैगरि कार्यसमितिको सचिवमा रुपा राना र पासाङ विसी तथा कोषाध्यक्षमा सरस्वती कोइराला चुनिएका छन्। सदस्यहरुमा अच्युतहरि कोइराला, कमल कुंवर क्षेत्री, ईश्वरी भुषाल,डा पुनेश्वर केसरी, रन्जितकुमार झा, लालबहादुर वाइवा, सिता भुषाल, तिर्थशोभा नकर्मी, सञ्जयकुमार शाह र सन्जय कर्ण रहेका छन्।
त्यस्तै केन्द्रीय प्रतिनिधिहरुका स्वास्थ्य शिक्षा,सूचना तथा सञ्चार केन्द्रमा कार्यरत तेजबहादुर लामिछाने , विश्ववन्धु रेग्मी, शंकर पाण्डे, धिरज रौनियार, दिपेन्द्र सुनार र पवित्रा ढकाल रहेका छन्। विभागिय अधिवेशनको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका थिए। नवनिर्वाचित कार्य समितिले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेका छन्।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 