विश्व मुटु दिवसको अवसरमा बसन्तपुरमा प्रभातफेरी
काठमाडौँ, १३ असोज – मुटुमा उर्जा थपौँ जीवनलाई सशक्त बनाऔँ भन्ने नाराका साथ आज विश्व मुटुदिवस मनाइदै छ । यसै अवसरमा नेपाल हार्ट फाउन्डेसनको अगुवाई आज राजधानीमा प्रभातफेरीको आयोजना गरियो ।
विहान ७ बजे देखि काठमाडौँको बसन्तपुरबाट भएको प्रभातफेरीमा मुटुरोग विशेषज्ञ सहितका स्वास्थ्यकर्मी , विभिन्न संघसंस्थाका प्रतिनिधी तथा आम सर्वसाधारणको उपस्थिति रहेको थियो । सो अवसरमा चिकित्सकहरुले मुटुरोगबाट बच्चका लागि अपनाउनुपर्ने उपायका बारेमा जानकारी दिएका थिए ।
जीवनशैलीलाई परिवर्तन गर्ने , खानपानमा ध्यान दिने र नियमित स्वासथ्य जाँच गरि मुुटुरोगबाट बच्न सकिने उनीहरुको सुझाव थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 






