स्वास्थ्यमा सरुवा : स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखामा प्रमुखमा भोगेन्दराज डोटेल

7.3k
Shares
भोगेन्द्रराज डोटेल
भोगेन्द्रराज डोटेल

काठमाडौँ, १२ असोज स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अन्तराष्ट्रिय सहयोग महाशाखा प्रमुखको जिम्मेबारी भोगेन्द्रराज डोटेलले पाएका छन् । स्वास्थ्य मन्त्री गगनकुमार थापाले काठमाडौँ जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख रहेका डोटेललाई मन्त्रालयमा ल्याएका हुन् ।

यसअघि सो महाशाखाका प्रमुख रहेका महेन्द्रप्रसाद श्रेष्ठलाई डोटेलको ठाँउमा अर्थात जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँको प्रमुखको जिम्मेबारी दिइएको छ । मन्त्री नियुक्त भएको ठिक एक महिना पछि थापाले नीति योजना प्रमुख रहेका  श्रेष्ठलाई सरुवा पत्र थमाएका हुन् ।

डोटेल तीन महिना अघि मात्रै ११ औ तहमा बढुवा भएका हुन् । गत २६ जेठमा बसेको मन्त्रीपरिषदको बैठकले हेल्थ इन्फेक्सन समूहका अधिकृत डोटेललाई बढुवा गर्ने निर्णय गरेको थियो ।

गत ६ असोजको मन्त्रीस्तरीय निर्णयमार्फत सरुवा भएको भएपनि श्रेष्ठलाई सरुवा पत्र हिजो मात्रै थमाइएको छ । ‘अगाडी नै सरुवा भएको होइछ तर मलाई हिजो पत्र दिइयो मैले पत्र बुझिसकेँ’, नेपाली हेल्थसंग श्रेष्ठले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *