स्वास्थ्यमा सरुवा : स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखामा प्रमुखमा भोगेन्दराज डोटेल

भोगेन्द्रराज डोटेल
भोगेन्द्रराज डोटेल

काठमाडौँ, १२ असोज स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अन्तराष्ट्रिय सहयोग महाशाखा प्रमुखको जिम्मेबारी भोगेन्द्रराज डोटेलले पाएका छन् । स्वास्थ्य मन्त्री गगनकुमार थापाले काठमाडौँ जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख रहेका डोटेललाई मन्त्रालयमा ल्याएका हुन् ।

यसअघि सो महाशाखाका प्रमुख रहेका महेन्द्रप्रसाद श्रेष्ठलाई डोटेलको ठाँउमा अर्थात जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँको प्रमुखको जिम्मेबारी दिइएको छ । मन्त्री नियुक्त भएको ठिक एक महिना पछि थापाले नीति योजना प्रमुख रहेका  श्रेष्ठलाई सरुवा पत्र थमाएका हुन् ।

डोटेल तीन महिना अघि मात्रै ११ औ तहमा बढुवा भएका हुन् । गत २६ जेठमा बसेको मन्त्रीपरिषदको बैठकले हेल्थ इन्फेक्सन समूहका अधिकृत डोटेललाई बढुवा गर्ने निर्णय गरेको थियो ।

गत ६ असोजको मन्त्रीस्तरीय निर्णयमार्फत सरुवा भएको भएपनि श्रेष्ठलाई सरुवा पत्र हिजो मात्रै थमाइएको छ । ‘अगाडी नै सरुवा भएको होइछ तर मलाई हिजो पत्र दिइयो मैले पत्र बुझिसकेँ’, नेपाली हेल्थसंग श्रेष्ठले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *