संघीय सरकारी अस्पतालमा उपचार क्षमता कति ? मन्त्रालयले सार्वजनिक गर्‍यो १५ वटा संघीय अस्पतालको शैय्या

556
Shares

काठमाडौँ, २७ मंसिर । देश संघीय संरचना गएसंगै बिरामीको उपचार गर्ने अस्पतालहरु पनि संघ, प्रदेश र स्थानीय तह अन्तर्गत सञ्चालित छन् । यसै क्रममा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू अन्तगर्तका १५ वटा अस्पतालको शैय्या सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार संघीय स्वास्थ्य मन्त्रालय अन्तर्गतका १५ वटा अस्पतालमा कुल ५ हजार ३८६ शैय्या छन् ।

संघीय अस्पतालमध्ये सबैभन्दा धेरै शैय्या वीर अस्पतालको ९६० शैय्या रहेको छ । सबैभन्दा कम भने तनहुँमा रहेको जीपी कोइराला श्वासप्रश्वास केन्द्र ५० रहेको छ ।

अरु अस्पतालको शैय्याहरुमा राष्ट्रिय ट्रमा सेन्टरमा २०० शैय्या, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ९१३ शैय्या, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ ३०० शैय्या रहेको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा ३८० शैय्या, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल काठमाडौँमा ४८९ शैय्या, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु १०० शैय्या, कान्ति बाल अस्पताल महाराजगञ्ज काठमाडौंमा ३७२, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर १५० शैय्या, भरतपुर अस्पताल चितवनमा ६०० शैय्या रहेको छ ।

यसैगरी नारायणी अस्पताल वीरगञ्जमा २५० शैय्या, डडेल्धुरा अस्पताल डडेल्धुरा १०० शैय्या, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन ४५० शैय्या र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके ७२ शैय्या रहेका छन् ।

यसअघि मन्त्रालयले १८ वटा निजी मेडिकल कलेज टिचिङ हस्पिटलको शैय्या सार्वजनिक गरेको थियो । मन्त्रालयबाट अनुमति प्राप्त ती मेडिकल कलेजको शैय्या ६ हजार १०० थियो ।

यो पनि हेर्नुहोस्

स्वास्थ्य मन्त्रालयबाट सञ्चालन अनुमति लिएका २० ठूला अस्पतालको शैय्या संख्या कति ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *