बिरामी लिएर काठमाडौँ जाँदै गरेको माउन्टेन एअरको हेलिकप्टर दुर्घटनामा
सोलुखुम्बु, ९ असोज – जुभिङ गाविसमा आज बिहान करिब ७ बजे हेलिकप्टर दुर्घटना हुँदा अघिल्लो भाग क्षतिग्रस्त भएको छ ।
बिरामी लिएर चांैरीखर्कबाट काठमाडौँ जाँदै गरेको माउन्टेन एअरको नाइन एनएएलक्य नंको हेलिकप्टर इन्जिन बिग्रेपछि दुर्घटनामा परेको हो ।
इन्जिन बिग्रेपछि आकस्मिक अवतरण गरिएको र हेलिकप्टरका चालक सहित छ जना सबै सकुशल रहेको प्रजिअ कृष्णप्रसाद शर्माले जानकारी दिए। शर्माका अनुसार सबै यात्रुलाई सोही एअरको अर्को हेलिकप्टरबाट उद्धार गरी लुक्ला लगिएको छ । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




