बिरामी लिएर काठमाडौँ जाँदै गरेको माउन्टेन एअरको हेलिकप्टर दुर्घटनामा

 

hali

सोलुखुम्बु, ९ असोज –  जुभिङ गाविसमा आज बिहान करिब ७ बजे हेलिकप्टर दुर्घटना हुँदा अघिल्लो भाग क्षतिग्रस्त भएको छ ।

बिरामी लिएर चांैरीखर्कबाट काठमाडौँ जाँदै गरेको माउन्टेन एअरको नाइन एनएएलक्य नंको हेलिकप्टर इन्जिन बिग्रेपछि दुर्घटनामा परेको हो ।

इन्जिन बिग्रेपछि आकस्मिक अवतरण गरिएको र हेलिकप्टरका चालक सहित छ जना सबै सकुशल रहेको प्रजिअ कृष्णप्रसाद शर्माले जानकारी दिए। शर्माका अनुसार सबै यात्रुलाई सोही एअरको अर्को हेलिकप्टरबाट उद्धार गरी लुक्ला लगिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *