फार्मेसी लाइसेन्स परीक्षामा ग्यारेन्टी पासको प्रलोभन देखाउने बोहराको परिषद्ले गर्‍यो पर्दाफास

108
Shares

काठमाडौँ, ७ मंसिर । नेपाल फार्मेसी परिषदले लिने नाम दर्ता (लाइसेन्स) परीक्षामा पासको ग्यारेन्टी चाहनेले मैले चलाएको अनलाइन कक्षामा भर्ना हुनु भन्दै भ्रम छर्ने व्यक्तिको परिषद्ले पर्दाफास गरेको छ ।

एडुमार्क नामक म्यासेन्जर ग्रुप र सोका सञ्चालक डब्बल बहादुर बोहराले आफूले चलाएको अनलाइन कक्षामा पढे शतप्रतिशत पास हुने नभए पैसा फिर्ता हुने भनेर भ्रम छरिरहेको तथ्य फेला पारेपछि सार्वजनिक सूचना नै जारी गरेको छ।

परिषदले यस्ता खाले अनलाइन कक्षा र पास हुने प्रलोभनमा नपर्न भन्दै बोहराको नाम सहित सूचना सार्वजनिक गरेको हो। साथै परिषदले यस्ता प्रलोभन दिनेमाथि तत्कालै प्रहरीको खबर गर्न पनि अनुरोध गरेको छ।

परिषद्को २६ औँ नामदर्ता (लाइसेन्स) १५ र २२ मंसिरका दिन तोकेको छ । परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेले व्याचलर इन फार्मेसीको आगामी १५ मंसिर र डिप्लोमा इन फार्मेसीको २२ मंसिरमा हुने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *