डा. केसीको अनशन तत्कालका लागि स्थगित

0
Shares

dr-gobinda-kc

काठमाडौँ, ३ असोज – डा. गोबिन्द केसीको आजबाट अनशन बस्ने पूर्व निर्धारित घोषणा एक साताका लागि स्थगित भएको छ ।

केहीबेर अघि त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी उनले आफ्नो पूर्व निर्धारित अनशन कार्यक्रम एक साताका लागि स्थगित गरेको जनाएका छन् ।

उनले आफूसंगका सम्झौताहरु कार्यान्वयन गर्न सरकारले काम अघि बढाइसकेको लिखित प्रतिबद्धता आएको र त्यसको लागि केही समय चाहिने भन्दै समय मागेपछि आफूले अहिलेका लागि अनशन स्थगित गरेको बताए ।

एक साता सम्म पनि काम अगाडि नबढे १० असोजदेखि पुन अनशन बस्ने उनले जानकारी दिए ।

kc1

सरकारले पठाएको पत्र

ptra

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *