डा. केसीको अनशन तत्कालका लागि स्थगित

dr-gobinda-kc

काठमाडौँ, ३ असोज – डा. गोबिन्द केसीको आजबाट अनशन बस्ने पूर्व निर्धारित घोषणा एक साताका लागि स्थगित भएको छ ।

केहीबेर अघि त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी उनले आफ्नो पूर्व निर्धारित अनशन कार्यक्रम एक साताका लागि स्थगित गरेको जनाएका छन् ।

उनले आफूसंगका सम्झौताहरु कार्यान्वयन गर्न सरकारले काम अघि बढाइसकेको लिखित प्रतिबद्धता आएको र त्यसको लागि केही समय चाहिने भन्दै समय मागेपछि आफूले अहिलेका लागि अनशन स्थगित गरेको बताए ।

एक साता सम्म पनि काम अगाडि नबढे १० असोजदेखि पुन अनशन बस्ने उनले जानकारी दिए ।

kc1

सरकारले पठाएको पत्र

ptra


Leave a Reply

Your email address will not be published. Required fields are marked *