चिकित्सक संघको चुनावको आज अन्तिम दिन

doctor chunab7

काठमाडौ,२५ भदौ – डाक्टरहरुको छाता संस्था नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चुन्नका लागि भएको चरणबद्ध निर्वाचनको आज अन्तिम दिन हो । गत १७ भदौ देखि सुरु भएको चरणबद्ध निर्वाचनमा हिजोसम्म आइपुग्दा ५० प्रतिशत मत खसेको छैन् ।

प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर रानामगरका अनुसार कुल ५ हजार ३०५ मतदाता रहेकोमा हिजोसम्म कुल २ हजार ४५५ मत खसेको छ । र आज एक दिन मतदान हुँदैछ ।

आज शनिबार डाक्टरहरुको विदा हुने र अन्तिम दिन समेत भएकोले हिजो अस्तीको तुलनामा दोब्बर बढी मत खस्ने अनुमान निर्वाचन अधिकृत डा. रानाले बताए ।

चुनावको पहिलो र दोस्रो दिन एजेन्ट विनानै सञ्चालन भएको निर्वाचनमा केही फर्जी मत हालेको भेटिएको भन्दै पेशागत समावेशी समूहले ‘अव्जेक्सन’ गरेको थियो ।

त्यसपछि मात्रै तेस्रोदिनबाट प्यानलका प्रतिनिधि राख्न थालिएको छ । सधैजसो कांग्रेस निकट प्रजातान्त्रिक समूहको एकलौटी देखिने निर्वाचनमा यसपटक त्यस बाहेकका दलहरु नजिकका चिकित्सकहरुले गठन गरेको पेशागत समावेशी समूहले प्रतिस्पर्धा गरेको छ ।

निर्वाचन परिणाम जे आएपनि यसपटक प्रजातान्त्रिक समूहलाई समावेशी समहले कडा टक्कर दिएको अनुमान गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *