दर्ता विना सञ्चालित स्वास्थ्यसंस्थालाई दर्तामा आउन १५ दिनको म्याद

22
Shares

Swasthya sewa bivag

काठमाडौँ, २३ भदौ – सरकारले दर्ता तथा नविकरणविना सञ्चालित सबैखाले स्वास्थ्य संस्थालाई दर्ता तथा नविकरण गर्न १५ दिनको म्याद दिएको छ ।

स्वास्थ्य सेवा विभागले विहीबार सूचना जारी गर्दै अस्पताल, पोलिक्लिनिक तथा क्लिनिक लगायतका सबैखाले स्वास्थ्य संस्था दर्ता तथा नबिकरण गर्न भनेको हो ।

सूचनामा तोकिएको अवधीभित्र दर्ता तथा नविकरण नगरे त्यस्ता स्वास्थ्य संस्था पोलिक्लिनिक तथा क्लिनिक उपर कडा कारबाही गर्ने चेतावनी दिइएको छ ।

विभागले सबै स्वास्थ्य सेवा प्रदायकलाई व्यवस्थित, प्रभावकारी, गुणस्तरीय तथा सर्वसुलभ बनाउन समेत आग्रह गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (mailto:nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *