एमबीबीएस भर्नाका लागि लिइएको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)

1.3k
Shares

काठमाडौँ, १४ भदौ । चिकित्सा शिक्षा तर्फ स्नातक तह (एमबीबीएस) अध्ययनका लागि लिइएको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ । शुक्रबार विहान चिकित्सा शिक्षा आयोगले नतिजा सार्वजनिक गरेको हो।

चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको मिति २०८१।०५।१४ गतेको संयुक्त बैठकको निर्णयवाट योग्यताक्रमअनुसार प्रकाशन गरिएको बताइएको छ ।

परीक्षार्थीले आफ्नो प्रोफाइलमा समेत प्रकाशित नतिजा हेर्न सक्ने गरी व्यवस्था मिलाइएको बताइएको छ । न्यूनतम शैक्षिक योग्यता हासिल नगरेका तथा उत्तरपुस्तिकामा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा बबल गलत भरेका उम्मेदवारका उत्तरपुस्तिकाहरू रद्द गरिएको छ ।

शैक्षिक सत्र २०८१/०८२ मा चिकित्सा शिक्षा स्नातक तह भर्नाका लागि विद्यार्थी छनौट गर्न मिति २०८१ भदौ १ गते परीक्षा सञ्चालन गरिएको थियो। एकीकृत प्रवेश परीक्षामा सम्मिलित उम्मेदवारहरूमध्ये योग्यताक्रमका आधारमा भर्ना पाउनेछन्।

हेर्नुहोस् नतिजा :

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *