नक्कली शैक्षिक योग्यताको आधारमा जागिर खाएको भन्दै सिअहेव बिरुद्ध मुद्दा दायर

332
Shares

काठमाडौँ, ६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको श्री जगत्रदेवी स्वास्थ्य चौकीमा कार्यरत सिअहेव हिमा डुम्रे न्यौपानेको एसएलसीको शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली रहेको भन्दै आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ।

अख्तियारले शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको भन्ने उजुरीमा अनुसन्धान हुँदा श्री जगत्रदेवी स्वास्थ्य चौकी, गल्याङ नगरपालिका, स्याङ्जामा सिअहेब अधिकृत छैठौं पदमा कार्यरत हिमा डुम्रे न्यौपानेले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट हाइस्कुल तहको झुट्टा शैक्षिक प्रमाण-पत्र पेश गरी श्री करापु उपस्वास्थ्य चौकी, लमजुङमा ग्रामीण स्वास्थ्य कार्यकर्ता दोस्रो तह, रा.प.अनं. तृतीय (प्राविधिक) श्रेणीमा स्थायी नियुक्त भई श्री जगत्रदेवी स्वास्थ्य चौकी, गल्याङ नगरपालिका, स्याङ्जामा सिअहेब अधिकृत छैठौं पदसम्म कार्यरत रही सरकारी लाभ सुविधा लिई  भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा ऐ. ऐनको दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी गरिएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *