बिरामी बोकेको हेलिकप्टर धादिङमा आपतकालीन अवतरण

काठमाडौँ, २९ साउन । बिरामी बोकेको हेलिकप्टर धादिङमा आपतकालीन अवतरण गरेको छ । खराब मौसमका कारण कैलाश हेलिकप्टर आकस्मिक अवतरण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पोखराबाट बिरामी लिएर काठमाडौँ आएको हेलिकप्टर धादिङको थाक्रे गाउँपालिका- ५ मा आपतकालीन आवतरण भएको छ ।
बिरामीलाई एम्बुलेन्समार्फत काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




