स्वास्थ्य मन्त्री निशा मेहताको सम्पत्ती : ३० तोला सुन, ५० तोला चाँदी
बालेन्द्र शाह नेतृत्वको मन्त्रिमण्डलका अरु सदस्यको सम्पत्ति कसको कति ?

काठमाडौँ, २९ चैत । स्वास्थ्य तथा जनसंख्या, खानेपानी मन्त्री निशा मेहताले आफ्नो सम्पत्ति सार्वजनिक गरेकी छन् । उनले आज सार्वजनिक गरेको सम्पत्ति विवरणमा ३० तोला सुन, ५० तोला चाँदी र एउटा हिराको औठी रहेको उल्लेख गरेकी छन् ।
उनले सुन दाइजो उपहार र चादी खरीद गरेको उल्लेख गरेकी छन् । यस्तै काठमाडौँको सौखेल २ मा ७ आना जग्गा रहेको र त्यसको स्रोत तलव ऋण, श्रीमानको तलव, नागरिक लगानी कोष र सञ्चयकोष रहेको उल्लेख गरेकी छन् ।
यस्तै सासु गंगदेवी र ससुरा सुरेन्द्र प्रसाद सिंहको महोत्तरी बल्वामा ८ विगाहा जमिन भएको उल्लेख छ ।
यस्तै माछापुच्छ्रे बैंकमा ७ लाख २३ हजार ५३५ रुपैयाँ र सानिमा बैंकमा १० लाख रुपैयाँ मौज्दात रहेको उल्लेख गरेकी छन् । त्यसको स्रोत पनि उनले तलव रहेको बताएकी छन् ।
यस्तै मन्त्री मेहताको विभिन्न ४ कम्पनीको २३० कित्ता सेयरमा ८८३३७ रुपैयाँ लगानी भएको उल्लेख छ । यस्तै उनले श्रीमान र आफ्नो तलव मिलाएर २५ लाख रुपैयाँमा ग्राण्ड आई १० गाडी खरीद गरेको उल्ल्ेख गरेकी छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह र उनी नेतृत्वको मन्त्रिमण्डलमा सदस्यहरुले सम्पत्ति बिबरण आज सार्वजनिक गरेका छन् ।
हेर्नुहोस कसको सम्पत्ति कति ?
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 
