मेडिकल कलेजहरुलाई तीन साता भित्र विद्यार्थी भर्ना वापतको रकम बुझाउन निर्देशन

228
Shares

काठमाडौँ, २७ चैत । नेपाल मेडिकल काउन्सिलले केही प्रतिष्ठान, मेडिकल तथा डेन्टल कलेजहरुले विद्यार्थी भर्ना बापतको बक्यौता रकम तीन साता भित्र बुझाउन निर्देशन दिएको छ ।

स्नातक तथा स्नातकोत्तर तहको अध्ययन् गराउने ती शैक्षिक संस्थालाई यसअघि पटक पटक ताकेता गर्दा पनि रकम नबुझाएको भन्दै काउन्सिलले आज सार्वजनिक सूचना जारी गरेको हो ।

काउन्सिलले तोकिएको समय भित्र रकम नबुझाउने प्रतिष्ठान मेडिकल तथा डेन्टलकलेजमा आफ्नो निकायबाट हुाँद्यै आएको विद्यार्थीहरुको परीक्षण दर्ता र विदेशी नागरिक चिकित्सक शिक्षकहरुको दर्ता रोक्का गर्ने जनाएको छ ।

काउन्सिलले २१ दिन भित्र रकम नबुझाएमा बक्यौँता रकम सहितको कलेज तथा प्रतिष्ठानको विवरण सार्वजनिक गर्ने पूर्ण बैठकको निर्णय भएको भन्दै त्यस अगावै निर्देशन पालना गर्न भनेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *