विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ८१ प्रतिशत उत्तीर्ण

148
Shares

काठमाडौँ, २५ चैत । नेपाल मेडिकल काउन्सिलले गत शुक्रबार सञ्चालन गरेको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षा (स्पेशल लाइसेन्सिङ एक्जामिनेसन-पीजी) मा ८१.३७ प्रतिशत उत्तीर्ण भएका छन् ।

पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिङ क्याम्पसको सूचना प्रविधि केन्द्रमा विहान ११ देखि १ बजेसम्म भएको परीक्षाको नतिजा सोही दिन बेलुका प्रकाशित भएको हो ।

काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवका अनुसार परीक्षाका लागि कुल २५ विषयका १६५ जनाले फारम भरेका थिए । तर परीक्षामा दुई जना अनुपस्थित भए भने २ जनाको नतिजा वीथहेल्डमा राखिएको थियो । परीक्षामा कुल १३१ जना (८१.३७ प्रतिशत) उत्तीर्ण भएका हुन् ।

यसैबीच काउन्सिलले विशेष परीक्षामा अनुर्तीण भएका ३२ जनालाई ईच्छा लागेको खण्डमा ३५ दिन भित्र प्राप्ताङ्क समीक्षा गर्न पाउने व्यवस्था मिलाएको जनाएको छ । त्यसका लागि निवेदन, प्रवेश पत्र र १ हजार ५०० रुपैयाँको वैंक भौचर इमेल मार्फत पठाउन सकिने उल्लेख गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *