स्वास्थ्य पत्रकार प्रवीण ढकाललाई आयुर्वेद चिकित्सक संघको सम्मान

काठमाडौं, २० चैत । नेपाल आयुर्वेद चिकित्सक संघले स्वास्थ्य खबरका सम्पादक प्रवीण ढकाललाई सम्मान गरेको छ। संघको ११ औं राष्ट्रिय सम्मेलनको अवसरमा शुक्रबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच सम्पादक ढकाललाई सम्मान गरिएको हो।
निवर्तमान स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले ढकाललाई सम्मान पत्र प्रदान गरेकी हुन्।
आयुर्वेद चिकित्सा पद्धतिका विषयमा समयसान्दर्भिक लेख, खोजमुलक समाचार तथा गहन विश्लेषणहरू निरन्तर प्रकाशन गरी यस क्षेत्रको विकास र प्रचार–प्रसारमा विशेष योगदान पुर्याएको भन्दै संघले यस वर्षको ‘पत्रकार सम्मान’ ढकाललाई प्रदान गर्ने निर्णय गरेको हो।
लामो समयदेखि स्वास्थ्य पत्रकारितामा सक्रिय ढकालले जनस्वास्थ्यका विषयलाई उठान गर्दै आएका छन्।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

