मुस्ताङमा एचपिभी खोप कार्यक्रम सुरु

48
Shares

काठमाडौँ, १८ चैत । मुस्ताङका पाँचवटै स्थानीय तहमा एक सय ९४ जना किशोरीलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप अभियान सुरु गरिएको छ ।

पाँच स्थानीय तहका १६ सामुदायिक र दुईवटा संस्थागत विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रालाई पोठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउन सुरु गरिएको हो ।

साथै विद्यालय बाहिर रहेका १० वर्षमुनिका किशोरी तथा गत वर्ष एचपिभी खोप लगाउन छुटेका किशोरीलाई पनि खोप लगाइने प्रदेश स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत विद्या तामाङले जानकारी दिए ।

उनका अनुसार सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ मा अध्ययनरत १६३ तथा १० वर्षमुनिका विद्यालय बाहिर रहेका तीन र गत वर्ष छुटेका २८ किशारीलाई क्यान्सर रोगविरुद्धको खोप लगाउने कार्यतालिका छ ।

खोप अभियानअन्तर्गत घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा आजदेखि खोप अभियान सञ्चालन भएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यही चैत २२ र २३ गते, थासाङ गाउँपालिकामा चैत १९ गते र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा चैत २८ गते एचपिभी खोप कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका रहेको स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले जानकारी दिए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *