जेनजी आन्दोलनका बेला काठमाडौँ प्रजिअ रहेका रिजाल पक्राउ

काठमाडौँ, १७ चैत । काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल प्रकाउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले रिजाललाई मंगलबार बिहान सुविधानगरस्थित निवासबाटै पक्राउ गरेको हो ।
भदौ २३ र २४ गते भएको जेन्जी प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।
त्यतिखेर रिजाल काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी थिए ।
यहि केशमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ परिसकेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



