प्रतिनिधि सभा सदस्य निर्वाचन मतगणना:
रास्वपाका डा. तोसिमा कार्की र डा. लेखजंग थापाको फराकिलो अग्रता

काठमाडौँ, २२ फागुन । प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट यसपटक ललितपुर क्षेत्र नं ३ र रुपन्देही ३ बाट उम्मेद्धार बनेका डा तोसिमा कार्की र लेखजंग थापा दुबै जना चिकित्सक हुन् ।
हिजो सम्पन्न निर्वाचन पछि अहिले यी दुबै क्षेत्रमा मतगणना जारी छ । प्रारम्भिक मत परिणाम अनुसार डा कार्की र डा थापाले आफ्ना निकटरतम प्रतिस्पर्धीसंग मतको दुरी फराकिलो बनाउँदै गएका छन् ।
अहिलेसम्म ललितपुरमा डा कार्कीको निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार जीतेन्द्रकुमार श्रेष्ठ रहेका छन् । उता रुपन्देही ३ मा डा थापाको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशील गुरुङले पच्छयाएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



