बरिष्ठ चिकित्सक डा. ऋषि कुमार काफ्लेलाई पुत्रशोक
काठमाडौँ, ५ फागुन । बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्ले पुत्रशोकमा परेका छन् । उनका एक मात्र छोरा इन्जिनियर निरीष काफ्लेको गत शुक्रबार सवारी दुर्घटनामा परि निधन भएको हो ।
हेटौंडा जाने क्रममा निरीष आफैले चलाएको कार दुर्घटनामा परेको थियो ।
काफ्लेको घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
४१ वर्षका उनी यसअघि अमेरिका बस्दै आएका थिए । चार महिना अघि उनी नेपाल आएका थिए ।
डा काफ्लेकी छोरीको पनि केही वर्ष अघि मृत्यु भएको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




Hey Prabhu…. …. …