यूएईमा नेपाली श्रमिकको स्वास्थ्य समस्याबारे दूतावासद्वारा संवाद

32
Shares

युएई ।  अबुधाबीस्थित नेपाली दुतावासले यूएईमा कार्यरत नेपाली श्रमिकहरूले भोगिरहेका शारीरिक तथा मानसिक स्वास्थ्य समस्याबारे केन्द्रित संवाद कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा यूएईमा कार्यरत २५ जना नेपाली चिकित्सकहरूको सहभागिता रहेको थियो।

चिकित्सकहरूले नेपाली श्रमिकहरूमा शारीरिकभन्दा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढी देखिएको उल्लेख गर्दै उच्च रक्तचाप, हृदयाघात, मिर्गौलासम्बन्धी समस्या तथा मानसिक तनावका कारण उत्पन्न विभिन्न समस्या प्रमुख रहेको बताए।

स्वास्थ्यसम्बन्धी चेतनाको कमी, रोग लुकाउने प्रवृत्ति, स्वास्थ्य बीमाबारे अनभिज्ञता तथा भाषागत समस्याका कारण धेरै श्रमिक समयमै स्वास्थ्य परीक्षण गराउन नजाने गरेको उनीहरूको भनाइ थियो।

उनीहरूले कम्तीमा छ महिनामा एकपटक स्वास्थ्य परीक्षण गराउन, पर्याप्त पानी पिउन, मदिरा सेवन नगर्न र स्वास्थ्य बीमाबारे जानकारी राख्न सुझाव दिएका छन्।

साथै यूएईमा स्वास्थ्य सचेतना कार्यक्रमलाई तीव्र बनाउनुपर्नेमा जोड दिँदै मानसिक रोगीहरूको उपचारका लागि नेपालबाट टेलिमेडिसिन सेवा सञ्चालन गर्न नेपाल सरकारसँग समन्वय गर्न सुझाव दिएका छन्।

कार्यक्रममा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपाली चिकित्सकहरूको योगदानको प्रशंसा गर्दै प्राप्त सुझाव कार्यान्वयनका लागि दूतावास प्रतिबद्ध रहेको बताए।

उनले आगामी दिनमा स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न तथा युएईमा रहेका नेपाली चिकित्सकहरूसंग सक्रिय सहकार्यको आग्रह समेत गरेका छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *