लुम्बिनीका दुई स्वास्थ्यकर्मी एघारौँ तहमा बढुवा

काठमाडौँ, २९ माघ । लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको बढुवा समितिको सचिवालयले आफ्नो प्रदेशका दुई जना स्वास्थ्यकर्मीलाई एघारौँ तहमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको समितिको बैठकले प्रदेश स्वास्थ्य सेवा हेल्थ इन्स्पेक्सन समूह प्रमुख जनस्वास्थ्य प्रशासक पद एघारौँ तहमा रोशनलाल चौधरी र प्रदेश स्वास्थ्य मेडिकल जनरलिष्ट समूहबाट प्रमुख कन्सलटेन्ट मेडिकल सुपरीटेन्डेन्ट पदमा डा मोहम्मद नुरुल होदालाई जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्धारा हुने बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



