डेन्टल सर्जन डा. आशा थापा एघारौँ तहमा बढुवा

नेफ्रोलोजी, अप्थल्मोलोजी, माइक्रोबायोलोजी उपसमूहमा दरखास्त नै परेन
456
Shares

काठमाडौँ, २८ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले डा. आशा थापालाई एघारौँ तहमा बढुवा गरेको छ ।

मंगलबार बसेको बढुवा समितिको बैठकले डा. थापालाई नेपाल स्वास्थ्य सेवा डेन्ट्रिष्ट्री समूह जनरल डेन्टल उपसमूह अन्तर्गृत प्रमुख कन्सलटेन्ट डेन्टल सर्जन एघारौँ तहमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

समितिले उनलाई कार्यक्षमताको मूल्यांकनद्धारा हुने बढुवाका लागि सिफारिस गर्ने निर्णय भएको जनाएको छ ।

नेफ्रोलोजी, अप्थल्मोलोजी, माइक्रोबायोलोजी उपसमूहमा दरखास्त नै परेन

यसैबीच समितिले कार्यक्षमताको मूल्यांकनद्धारा हुने एघारौँ तहमा बढुवाका लागि नेफ्रोलोजी, अप्थल्मोलोजी, प्याथोलोजी समूह (माइक्रोबायोलोजी उपसमूह)का चिकित्सकका लागि पनि दरखास्त आव्हान गरेको थियो । तर ती समूहका चिकित्सकहरुको दरखास्त नै नपरेको समितिले जनाएको छ ।

रिक्त ती पदहरुमा समितिले केही समय पछि पुन बढुवाका लागि सूचना प्रकाशन गरी प्रक्रिया अघि बढाउने छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *