माधवकुमार नेपाल पुन: अस्वस्थ, हेल्पिङ ह्याण्ड अस्पतालमा भर्ना

304
Shares

काठमाडौँ, २६ माघ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट गत साता मात्रै डिस्चार्ज भएका नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पुन: अस्वस्थ भएका छन् ।

उनी अहिले चावहिलस्थित हेल्पिङ ह्याण्ड सामुदायिक अस्पतालमा भर्ना भएका छन् ।

‘आज दिउसो १ बजे तिर परिवार तथा सहयोगीले पखला लागेको भन्दै अस्पताल ल्याउनु भएको हो । अहिले उपचारकै क्रममा हुनुहुन्छ । अस्पतालको डिलक्स क्याविनमा भर्ना गरेर राखिएको छ,’ अस्पताल स्रोतले भन्यो ।

गत १४ माघमा रुघा खोकी र ज्वरोको समस्या भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका चिकित्सकले हेर्ने गरी संगै रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरि राखिएको थियो ।

नेता नेपाल आसन्न निर्वाचनमा रौतहट क्षेत्र नं १ बाट नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेद्धार बनेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *