स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. कृष्ण पौडेललाई

140
Shares

काठमाडौँ, ७ माघ । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. कृष्ण पौडेललाई दिइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेतृत्व विहीन अवस्थामा रहेको बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा पौडेललाई दिएको हो। बोर्डमा यसअघि कार्यकारी निर्देशक रहेका डा रघुराज काफ्लेले ४ माघका दिन पदबाट राजिनामा दिएका थिए ।

स्वास्थ्य मन्त्री डा सुधा गौतम शर्माले सोही दिन नै मन्त्रीस्तरीय निर्णय गर्दै पौडेललाई निमित्त निर्देशकको जिम्मेवारीमा पठाउने निर्णय गरेकी थिईन ।

बीमा बोर्डका कामहरु सुचारु राख्न डा पौडेललाई आर्थिक, प्रशासनिक सहितको जिम्मेवारी प्रदान गरिएको छ। उनी स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखका रुपमा कार्यरत छन्।

डा पौडेलले थप जिम्मेवारीको रुपमा बोर्डको समेत कार्यभार सम्हाल्न पत्र आज पाएको भन्दै आजैबाट जिम्मेवारी सम्हाल्न बोर्डमा जाने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *