नयाँ बानेश्वरमा प्रोस्टेट सम्वन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

240
Shares

काठमाडौँ, ८ पुस । उमेर बढ्दै जाँदा पुरुषहरुमा देखिने एउटा मुख्य स्वास्थ्य समस्या प्रोस्टेट हो । तर सुरुवाती समयमै यसको पहिचान हुन सक्यो भने यसले पार्न सक्ने विकराल समस्याबाट जोगिन सकिन्छ ।

बरिष्ठ युरोलोजिस्ट डा. दीपक रौनियार लामो समय देखि प्रोस्टेट विरुद्धको अभियानमा सक्रिय छन् । उनले खोलेको प्रोस्टेट फाउण्डेसन उपचार तथा सचेतना अभियानमा सक्रिय छ ।

प्रोस्टेटको उपचार तथा रोकथाममा संगसंगै लागेका उनले यसै साता नयाँ बानेश्वरमा जेष्ठ नागरिक लक्षितका लागि प्रोस्टेटसम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरेका छन् ।

‘उमेर बढ्दै गएपछि प्रोस्टेटको समस्या हुने भएकाले जेष्ठ नागरिक पुरुषहरु त्यसबारेमा समयमै सचेत हुन जरुरी छ । प्रोस्टेटका केही लक्षण देखिएमा तुरुन्त उपचारमा जान जानु पर्दछ । त्यहिबारेमा सचेतना होस भनेर हामीले सचेतनामुलक कार्यक्रम गरेका हौँ,’ डा रौनियारले भने ।

उक्त कार्यक्रममा ५० जनाभन्दा बढी जेष्ठ नागरिक सहभागी भएका थिए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *