जंगीलाल बने मधेशको स्वास्थ्य मन्त्री

172
Shares

जनकपुर, १ पुस । मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी जंगीलाल रायले पाएका छन् । यसअघि विनाविभागीय मन्त्री रायलाई मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले स्वास्थ्य मन्त्रीमा जिम्मेवारी तोकेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम सोमवार मन्त्रिपरिषद् पुनर्गठन गर्दा रायलाई उक्त जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

राय नेपाली कांग्रेस सर्लाही क्षेत्र नं २ (ख) बाट निर्वाचित प्रदेश सांसद हुन् ।

मन्त्रालयको जिम्मेवारी पाएपछि उनले समग्र मधेश प्रदेशको स्वास्थ्य क्षेत्र सुधारका लागि इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले पूर्ववर्ती सरकारले सुरु गरेर अलपत्र पारेका स्वास्थ्यसम्बन्धी योजनाहरू पूरा गर्ने तथा सर्लाहीमा उपयुक्त स्थानमा ट्रमा सेन्टर सञ्चालनका लागि पहल गर्ने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *