जिल्ला प्रशासनले दलित पुष्टि नगरेपछि चिकित्सा शिक्षा आयोगले हटायो सूचीबाट नाम

128
Shares

काठमाडौँ, २२ मंसिर । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी दुई जना विद्यार्थीको नाम दलित समूहबाट हटाएको छ ।

गत १० मंसिरमा प्रकाशित नतिजामा एमबीबीएस शैक्षिक कार्यक्रमका लागि सिम्वोल नं २६११२५६७, योग्यता क्रम २०८२का उम्मेद्धार राहुलकुमार चौरसिया र बी अप्ट्रोमेट्री शैक्षिक कार्यक्रमका लागि सिम्वोल नं २६१७२०५५, योग्यता क्रम ७४ का विष्णुकुमार ठाकुरको नाम दलित समूहबाट प्रकाशित भएको थियो ।

आयोगले ती दुई विद्यार्थीले प्रवेश परीक्षाका लागि आवेदन भर्दा दलित कोटा उल्लेख गरेको तर जिल्ला प्रशासन कार्यलयबाट प्रमाणित कागजातमा दलित प्रमाणित नभएको कारणले कोटाबाट हटाइएको उल्लेख गरेको छ ।

पछिल्लो समय दलित कोटाबाट सहज रुपमा नाम निकाल्न सकिने भन्दै कतिपय विद्यार्थीहरुले नक्कली डकुमेन्ट समेत बनाउने गरेको सुन्नमा आएको छ ।

आयोगले यी दुई विद्यार्थीको नाम सूचीबाट हटाएको बारेमा सूचना प्रकाशित गरेर जानकारी गराएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *