भरतपुर अस्पताल बन्यो देशकै उत्कृष्ट

60
Shares

काठमाडौँ, १२ मंसिर । संघीय अस्पतालको रुपमा रहेको चितवनस्थित भरतपुर अस्पताल उत्कृष्ट सेवा दिने अस्पताल बनेको छ ।

न्यूनतम सेवा मापदण्डमा सबैभन्दा बढी ८८ अंक प्राप्त गर्दै भरतपुर अस्पताल गुणस्तरीय सेवा दिने अस्पतालको रुपमा उत्कृष्ट अस्पताल बनेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा बोल्दै नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड अनुसार सबैभन्दा धेरै ८८ अंक प्राप्त गरेको बताए ।

त्यस्तै भेरी अस्पतालले ८३
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ७९
धरान स्वास्थ्य विज्ञान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ७५
डडेलधुरा अस्पतालले ७३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ७१ प्रतिशत न्यूनतम सवा मापदण्ड पूरा गरेका छन् ।

वीर अस्पतालले ६७
परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालले ६४
कोशी अस्पतालले ६३
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५९
नारायणी अस्पतालले ५६ प्रतिशत मापदण्ड पुरा गरेका छन् ।
गजेन्द्र नारायण सिंह अस्पतालले ३६ र मानसिक अस्पतालले ३२ प्रतिशत मात्र मापदण्ड पूरा गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *