स्वास्थ्य मन्त्री डा. शर्मा र निवर्तमान स्वास्थ्य मन्त्री पौडेलबीच भेटवार्ता

312
Shares

काठमाडौँ, १० मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्मा र जेनजी आन्दोलनपछि बाहिरिएका निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेलबीच भेटवार्ता भएको छ ।

मन्त्री डा. शर्मालाई भेटन निवर्तमान मन्त्री पौडेल बुधबार दिउसो रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका थिए । सो क्रममा उनले आफ्नो पालामा गरेका कामको विवरण समेटेएको भनिएको हातेपुस्तक हस्तान्तरण गरेका थिए ।

त्यसो त बर्तमान स्वास्थ्य मन्त्री डा. शर्मा निवर्तमान स्वास्थ्यमन्त्री पौडेलको सल्लाहकारको भूमिकामा थिईन् । जेनजी आन्दोलन पछि पौडेलले कुर्सी छाड्न परेपछि उनको स्थानमा डा. शर्मा आएकी हुन् ।

भेटका क्रममा डा. शर्माले आफ्नो प्राथमिकता स्वास्थ्य बीमा, औषधी क्षेत्र र स्वास्थ्यका खरीद प्रक्रियालाई व्यवस्थित गराउनु रहेको बताएकी थिईन् । उनले वर्तमान सरकार जेनजीको स्पिरिट अनुसार चलेको दावी गर्दै स्वास्थ्य क्षेत्र सुधारमा लागि परेको बताईन् ।

निवर्तमान मन्त्री पौडेलले आफूले गरेका र गर्ने क्रममा रहेका कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *